site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसी, बेन्जेमा र मोड्रिच साउदी जाने चर्चाबीच रोनाल्डोले भने– उनीहरूलाई धेरै स्वागत छ 

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगले अन्य ठूला नामलाई आकर्षित गर्न सके यो ‘विश्वकै शीर्ष पाँच ठूलो लिग’मध्ये एक बन्न सक्ने बताएका छन् ।

पछिल्लो समय लियोनल मेसी, करिम बेन्जेमा र लुका मोड्रिचजस्ता नाम साउदी प्रो लिगका क्लबसँग जोडिएको छ । ३८ वर्षीय रोनाल्डोले उनीहरू साउदी प्रो लिगमा ‘न्यानो स्वागत’ रहेको समेत बताए ।

Dabur Nepal
NIC Asia

पाँच पटकको बालोन डी’अर विजेता ३८ वर्षीय रोनाल्डोले प्रो लिगकै क्लब अल नासरबाट एक सिजन पूरा गरिसकेका छन् । उनी गत डिसेम्बरमा अल नासरसँग जोडिएका थिए । क्लबसँग सन् २०२५ सम्म सम्झौता रहेको रोनाल्डोले आगामी सिजन पनि साउदी बसाईलाई निरन्तरता दिने स्पष्ट पारे ।

पेरिस सेन्ट जर्मन (पीएसजी)ले ३५ वर्षीय मेसीले सिजनको अन्त्यसँगै क्लब छोड्ने पुष्टि गरिसकेको छ । मेसी साउदी अरेबियाका पर्यटन दूतसमेत हुन् । करिअरको उत्तरार्धमा रहेका रोनाल्डोका पूर्व सहकर्मीद्वय बेन्जेमा र मोड्रिच पनि पछिल्लो समय साउदीको क्लबसँग जोडिएको चर्चा सार्वजनिक भएको छ । 

“यदी उनीहरू आउँदै छन् भने, ठूला नाम र खेलाडीहरू । उनीहरूलाई यहाँ धेरै स्वागत छ । किनभने उनीहरू यहाँ आउदा लिगको स्तर अझ केही बढ्नेछन्,” ३८ वर्षीय रोनाल्डोले भने, “यहाँको लिग निकै राम्रो छ । तर, अझै धेरै अवसरहरूमा अघि बढ्न आवश्यक छ । लिग प्रतिस्पर्धात्मक छ । टिम पनि राम्रा छन् र अरबी खेलाडी पनि ।”

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको दोस्रो सहकार्य टुटेपछि रोनाल्डो अल नासर अनुबन्धित भएका थिए । रोनाल्डोले अल नासरका लागि लिगमा १६ खेल खेल्दा १४ गोल गरेका छन् । रोनाल्डोको यही प्रदर्शनका कारण अल नासरले प्रो लिगमा दोस्रो स्थान हासिल गरेको थियो । अल नासरलाई पछि पार्दै अल इतिहाद लिग च्याम्पियन बनेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro