site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्रसंघ सधैँ नेपालको हित चाहन्छ : नेपाल प्रमुख हान्ना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्रसंघले सधैँ नेपालको विकास चाहने बताएकी छन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर उनले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसंघले सधैँ सहयोग गर्ने बताएकी हुन् ।

दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी नेपालको प्रशंसायोग्य कदम रहेको उनले बताइन् । नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरूबीच समन्वय गर्न इच्छुक रहेको उनले उल्लेख गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आउँदो सेप्टेम्बरमा न्युयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । उक्त सम्मेलन सफल बनाउनका लागि नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरिन् ।

भेटका क्रममा उनले स्केलिङ अफ न्युट्रेसन (एसयूएन)का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेको समेत बताएकी थिइन् ।

Global Ime bank

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । उनले नेपालले तयार गरिरहेको ‘स्मुथ ग्राजुएसन स्टेटिजी’लाई अन्तिम रूप दिई त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकेको बताए ।

उनले नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्त्वपूर्ण हुने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement