अर्थ व्यवसाय
काठमाडौं । सरकारले ‘अबको जीवन स्वदेशमै’ भन्ने नाराका साथ युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति लिएको छ ।
सोमबार संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो कार्यक्रममार्फत वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलतामा विकास र रोजगारी सिर्जना गरिने बताए ।
विदेशमा अलपत्र परेका नागरिकको शीघ्र उद्धार गरिने, मृत्यु भएमा राहत र क्षर्तिपूर्ति स्थानीय तहबाट प्रदान गरिने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्