site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना पारित
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । 

राष्ट्रिय योजना आयोगको सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको पूर्ण बैठकले बजेटसँगै संसद्‌मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोगका सदस्य डा.रामकुमार फुयाँलले बजेटसँगै संसद्‌मा टेबुल हुने वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको बताए । 

उनले अन्तर सरकार वित्त व्यवस्थापन २०७४ बमोजिम बजेट नेपाल सरकारले तय गरेको राजस्व, खर्चको आँकडा र वार्षिक कार्यक्रमहरू स्वीकृत भएको बताए । 

Global Ime bank

"सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रूपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ," उनले भने । 

उनले अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङको हाराहारीमा रहेको पनि बताए । उनले बजेट खर्चमा मितव्ययिता अपनाउने, साधारण खर्च हदसम्म कटौती गर्ने, पुँजीगत खर्चलाई प्रभावकारी रूपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्य भित्र भएका संरचनालाई बलियोसँग चलायमान बनाउने गरी आउने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय