site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
प्रतिबन्ध लगाएपछि अमेरिकी मोन्टानाको निर्णयविरुद्ध टिकटकले हाल्यो मुद्दा

काठमाडौं । अमेरिकाको मोन्टाना राज्यले टिकटकमाथि प्रतिबन्ध लगाएपछि कम्पनीले यो निर्णयविरुद्ध मुद्दा दायर गरेको छ । गत हप्ता मोन्टाना राज्यले चिनियाँ स्वामित्वको भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि पूर्ण प्रतिबन्ध घोषणा गरेको थियो ।

त्यसविरुद्ध सोमबार टिकटकले मुद्दा दायर गरेको हो । टिकटकले यो प्रतिबन्ध अमेरिकाको स्वतन्त्र अभिव्यक्ति अधिकारसँग बाझिएको बताएको छ । मोन्टानाको जिल्ला अदालतमा सोमबार दायर गरिएको मुद्दाले गैरकानुनी प्रतिबन्धलाई उल्टाउन खोजेको छ ।

कम्पनीले एक विज्ञप्तिमा भनेको छ, “हामी हाम्रो व्यवसाय र मोन्टानाका लाखौँ टिकटक प्रयोगकर्ताहरूको रक्षा गर्न मोन्टानाको असंवैधानिक टिकटक प्रतिबन्ध गर्ने निर्णयलाई चुनौती दिइरहेका छौँ ।”

१० लाखभन्दा बढी जनसंख्या भएको मोन्टानाले गत डिसेम्बरमा सरकारी उपकरणहरूमा एपमाथि प्रतिबन्ध लगाएको थियो । गत हप्ता घोषणा गरेको पूर्ण प्रतिबन्ध सन् २०२४ को जनवरीदेखि कार्यान्वयनमा आउनेछ र टिकटक डाउनलोडका लागि उपलब्ध हुनेछैन ।

टिकटकले यसका प्रयोगकर्ताहरुको तथ्यांक चिनियाँ सरकारलाई हस्तान्तरण गर्नसक्छ भन्ने विषयलाई लिएर विश्वभर तथा विशेषतः पश्चिमा मुलुकहरुले यसविरुद्ध कडा कदम चालिरहेका छन् । तर, टिकटकले यो विषयलाई अस्वीकार गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro