site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा अनुपस्थित ओलीले भने– भुटानी शरणार्थीबारे पछि बोल्छु, प्रधानमन्त्रीसँगको सवाल–जवाफ ठिक छ
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमा खराबी आएका कारण आजको संसद् बैठकमा उपस्थित हुन नसकेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजको संसद् बैठकमा बोल्ने बताएका ओली अनुपस्थित भएका थिए । 

ओलीले सामाजिक सञ्जालमार्फत आजको बैठकमा स्वास्थ्य प्रतिकूलताका कारण उपस्थित हुन नसकेको भन्दै आगामी बैठकमा उक्त विषयमा आफ्नो धारणा राख्ने बताए ।

KFC Island Ad
NIC Asia

उनले लेखेका छन्, “प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु ।”

उनले सदनमा हरेक महिना प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने अभ्यासको सुरुवात हुनु ठिक भएको पनि उल्लेख गरेका छन् । 

Royal Enfield Island Ad

“सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नुभएको छ । ठीक  छ,” उनले लेखेका छन्, “प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरि प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुने गरी परिणाम दिनुपर्छ । सांसदहरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसद्मा आफैं भएको महसुस गर्न पाउने छ । प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन् । शुभकामना छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro