site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालनका लागि अनिवार्य अनुमति लिन र नवीकरण गराउन निर्देशन दिएको छ । 

मन्त्रालयले बुधबार सूचना जारी गर्दै हालसम्म अनुमति नलिएका तथा नवीकरण नगरेका सञ्चालकलाई ३५ दिनभित्र मापदण्डमा आउन निर्देशन दिएको हो । 

तोकिएको अवधिमा मापदण्ड अनुरुप नगर्ने सञ्चालकलाई जनस्वास्थ्य ऐन २०७५ बमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ । 

एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा ७ मा एम्बुलेन्स सञ्चालनका लागि अनुमति लिनुपर्ने र दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro