site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली–नेपालसहितका नेताहरू सिंहदरबारमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताहरुबीचको भेटवार्ता हुँदैछ । अहिले सिंहदरबारमा हुने भेटका लागि नेताहरु जम्मा हुने क्रम जारी छ । बैठकका लागि नेपाल पक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सिंहदरबार आइ पुगेका छन् ।  तथा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत सहभागी छन् । 

ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो । बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । २०७५ जेठ २ अघि फर्कन ओली तयार भएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्