site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
माग्ने बुढा भन्छन्- जनतामा धैर्यता सकियो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले जनतामा धैर्य सकिएको बताएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउनु पर्ने बताइरहेका बेला अस्पतालहरुले अक्सिजनको अभावका कारण अब बिरामी भर्ना लिन नसकिने बताइरहेका बेला कलाकार घिमिरेले जनताको धैर्यता सकिएको बताएका हुन् । 

घिमिरे सामाजिक सञ्जाल फेसबुकमा घिमिरे लेख्छन्- अस्पतालमा अक्सिजन सकियो । नेतामा विवेक सकियो । जनतामा धैर्यता सकियो । 

अस्पतालहरुले अब बिरामी भर्ना लिन नसकिने बताएपछि नागरिकले सरकारले चर्को आलोचना गर्दै आएका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका खबरहरु आइरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्