site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कोरोना संक्रमणपछि अक्षय अस्पताल भर्ना 

मुम्बई । आइतबार विहान अभिनेता अक्षय कुमारले आफू कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । कोरोना रिर्पोट पोजेटिभ आएसँगै उनी होम–क्वारिन्टिनमा बसिरहेका थिए ।
 
अक्षय अस्पताल भर्ना भएका छन् । उनलाई सोही दिन बेलुका नै होम–क्वारिन्टिनबाट अस्पताल लगिएको हो । उनी अहिले हिरानन्दानी अस्पतालमा छन् । 

अस्पताल भर्ना भएको खबर पनि अक्षय स्वयंले ट्विट गर्दै जानकारी दिएका हुन् । उनी लेख्छन्, “तपाईं सबैको प्रार्थनाको लागि धन्यवाद र यसले काम पनि गरिरहेको छ । म ठिक छु । तर सावधानीका लागि चिकित्सकहरुको सुझावपछि अस्पताल भर्ना भएको छु । आशा छ चाँडै घर फर्किने छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र ‘राम सेतु’को सेटमा हुँदा उनमा संक्रमण भएको हो । उनका साथै सेटका अन्य ४५ जनाको रिर्पोट पनि पोजेटिभ आएको छ । 

नवभारत टाइम्स 
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्