site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच सम्झौता

काठमाडौं । नबिल बैंक र तयारी पोशाक उत्पादन संघबीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीहरुलाई आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने समझ्दारी भएको छ ।

सम्झौतापत्रमा बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्षयका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत बिभिन्न बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।

स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट सम्भव रहेकाले बैंकले यस्तो समझदारी गरेको बस्नेतले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्