
मुम्बई । अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर एक्सन चलचित्र ‘पठान’ सन् २०२२ मा रिलिज हुने भएको छ । अन्तिम चलचित्र ‘जिरो’ मा देखिएको दुईवर्ष पछि शाहरुख पठानमार्फत छायांकनमा फर्किएका हुन् ।
पठानमा अभिनेता सलमान खान पनि ‘टाइगर’को रुपमा केमियो भूमिकामा देखिने छन् । चलचित्रको पावर प्याक एक्सन सिनका लागि कलाकार टिम दुबईको बुर्ज खलीफामा गएका थिए ।
यो चलचित्रका लागि शाहरुखले आफ्नो लुकमा पनि केही परिर्वत ल्याएका छन् । यसराज फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।
शाहरुख र दीपिका र्अ एजेन्टको भूमिकामा देखिँदै छन् भने अभिनेत्री दिम्पल कपाडिया एजेन्ट डिपार्टमेन्टका हेडको भूमिका निभाउँदै छन् ।
रिलिज वर्ष सार्वजनिक भए पनि मिति भने अझै तोकिएको छैन ।
बलिउड हंगामा