site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विपिन र दयाहाङले ‘को बन्छ करोडपति’मा कति जिते ?

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को युनिट प्रचारका क्रममा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’मा पुगेको छ । जेठ ३ गते रिलिज हुने चलचित्रको प्रचारमा रहेको ‘जात्रै जात्रा’ युनिट ‘को बन्छ करोडपति’मा पुगेको हो । 

नायक राजेश हमाल होस्ट रहेको शोमा ‘जात्रै जात्रा’का मुख्य कलाकार द्वय विपिन कार्की र दयाहाङ राई हट सिटमा बसेर ‘को बन्छ करोडपति’ खेलेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त श्रृृंखला आगामी हप्ता प्रशारण हुँदैछ । शोमा विपिन र दयाले कति जिते त्यो भने ‘को बन्छ करोडपति’ र ‘जात्रै जात्रा’ युनिटले सार्वजनिक गरेको छैनन् । 

उक्त शोमा जितेको रकममा केही थपेर ‘जात्रै जात्रा’ले श्वेता खड्काले निर्माण गर्दै गरेको माझी बस्तीलाई हस्तान्तरण गरिने चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाले जानकारी दिए । 

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विपिन र दयाहाङसँगै रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत लगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १६:५१
प्रतिक्रिया दिनुहोस्