site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुँदै, विजेतालाई ७० लाख

काठमाडौं । ‘नेपाल हिरो अफ ट्यालेन्ट’ शो हुने भएको छ । शोमा प्रतिस्पर्धीले आफूमा भएको गायन, नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । 

एञ्जल मिडिया प्रा.लिले आयोजना गर्न लागेको ‘नेपाल हिरो अफ ट्यालेन्ट’ शोमा जुन सुकै उमेर समूका व्यक्ति सहभागी हुन सक्ने छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैत २५ गते झापाबाट सुरु भएको अडिसन नेपालगञ्जमा वैशाख २२, पोखरामा वैशाख २८ र २९ गते, काठमाडौमा जेठ ५, ६ र ७ गते, धादिङवेसी वैशाख ३१ र जेठ १ गते, दाङमा वैशाख २५, बुटवल जेठ १६ र १७, धनगढी जेठ २२, धनगढी जेठ २५ गते हुनेछ । 

अडिसनमा महिला र पुरुष दुबैले सहभागी हुन पाउने छन् । सुरुमा निर्णायकले निर्णय गर्नेछन् भने टप–२०बाट भोटिङ सुरु हुनेछ । शोमा निर्णायकका रुपमा आनन्द कार्की, ओमप्रकाश राई र एलिना बास्कोटा रहने छन् । 

टप १० मा पुगेकालाई विश्व भ्रमणको अवसर दिइने आयोजकले जानकारी दिएको छ । विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख रुपैयाँ हात पार्ने आयोजक एञ्जल मिडियाका प्रवन्धक प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १४:४३
प्रतिक्रिया दिनुहोस्