site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
\'स्टार ट्रेक\' बनाउने तयारीमा टारन्टिनो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । पल्प फिक्सनका निर्देशक क्वान्टिन टारन्टिनोले स्टार ट्रेक चलचित्र बनाउने बताएका छन् । उनका अनुसार चलचित्रको कथा र पटकथामा कुरा भइसकेको छ । 

'वान्स अपन अ टाइम इन हलिउड' चलचित्रको काम सम्पन्न भएपछि स्टार ट्रेक चलचित्रमा लाग्ने कुरा स्लासफिल्मलाई बताएका छन् । 

विशेष गरी टारन्टिनो क्राइम विधामा फिल्म बनाउन रुचाउँछन् । स्टार ट्रेक उनको पहिलो साइफाइ विधाको चलचित्र हुुनेछ । उनको बनिरहेको चलचित्र वान्स अपन अ टाइम इन हलिउड चलचित्र जुलाइमा रिलिज हुने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १४:४६
प्रतिक्रिया दिनुहोस्