site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कुमार सानुको स्वरमा ‘सयौँ जुनी सँगै जिउन’ (भिडियो)

काठमाडौं । भारतीय गायक कुमार सानुको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक गरिएको छ । 

‘म त अब रिसाउँछु’, ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, लगायत दुई दर्जनभन्दा धेरै नेपाली गीतमा स्वर भरिसकेका कुमारल लामो समयपछि नेपाली गीत गाएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछाने फिचर्ड छन् । 

फराज अर्पणले गीतको खिचेको र सम्पादन गरेको भिडियो  निर्देशन दिलिप समनले गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १७:२४
प्रतिक्रिया दिनुहोस्