site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धर्मेन्द्रको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविता कृति विमोचित 

काठमाडौँ । चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक भएको छ । कवि नेम्वाङ रंगवादी साहित्यका एक अभियन्ता मानिन्छन् । 

काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा कवि धर्मेन्द्र नेम्वाङको कविता कृति सार्वजनिक भएको हो । सो कविता संग्रहमा कवि धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु समावेश छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काव्यकृतिको विमोचन कार्यक्रममा वरिष्ठ कवि तथा पूर्व कुलपति बैरागी काइँला, कवि श्रवण मुकारुङ, सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा रेग्मी उपस्थित थिए । 

मदन पुरस्कार विजेता तथा सृजनशील अराजकताका अभियन्ता मध्येका एक राजन मुकारुङले कार्यक्रम सञ्चालन गरेका थिए । कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १६:१७
प्रतिक्रिया दिनुहोस्