site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
झरनाले ‘भागवत् गीता’ बनाउँदै, सुहानाको जोडी को ?

काठमाडौं । ‘ए मेरो हजुर–३’ले बक्स अफिसमा उत्साहजनक ब्यापार गरेपछि अब निर्देशक झरना थापा अर्को चलचित्र निर्देशनको तयारीमा जुटेकी छिन् ।

‘ए मेरो हजुर–३’ ले राम्रो ब्यापार गरेपछि यसको सिक्वेल आउने दर्शकले अपेक्षा गरिरहेका बेला झरना नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । उनले ‘भागवत् गीता’ निर्माण गर्ने बाहख्ररीलाई बताइन् । यसका लागि वन लाइन स्टोरी आफूसँग रहेको तर पूरा गर्न भने बाँकी रहेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नाम धार्मिक भए पनि कथा धार्मिक हुने छैन । केटा र केटीको लभ स्टोरी नै भागवत् गीतको मुख्य कथा हो,” झरना बाह्रखरीसँग भन्छिन्, “चलचित्रमा भागवत् नाम गरेको केटा र गीता नाम गरेकी केटी हुन्छन् । बाँकी अहिलेकै समाजको कथा चलचित्रमा समेटिने छ ।”

‘भागवत् गीता’मा गीताको क्यारेक्टरमा सुहाना हुनेछिन् भने भागवत् को हुने छन् भन्ने टुङ्गो लागि सकेको छैन । झरनाका अनुसार अनमोल केसीसँग कुरा चलिरहेको छ । 

“होम प्रोडक्सन भएकाले सुहाना छुट्दिनन् । भागवत् को हुन्छ फाइनल भइसकेको छैन । तर अहिले दर्शकले रुचाएको जोडी भएकाले अनमोलसँग कुरा भइरहेको छ ।” डेब्यू फिल्म ‘ए मेरो हजुर–३’मा सुहाना थापाको अभिनयको तारिफ भएपछि उनी भने यो चलचित्रका फाइनल भएकी हुन् । 

चलचित्रको घोषणा वैशाख २६ गते सुहानाको जन्मदिनको अवसर पारेर गर्ने झरनाको तयारी छ । चलचित्रको कथा, पटकथा तथा संवाद ‘ए मेरो हजुर–३’को युनिटले नै गर्नेछ भने निर्देशन झरना स्वयम्ले गर्ने छिन् ।

दर्शक भड्किएका छन्, फर्काउने जिम्मा हाम्रै हो

दर्शक नै मेरा भगवान हुन्, उनीहरुलाई नै खुसी बनाउँछु

 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  ११:३२
प्रतिक्रिया दिनुहोस्