site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘ए मेरो हजुर—३’लाई ९० प्रतिशत अकुपेन्सीः वितरक 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर—३’ले अल नेपाल राम्रो ब्यापार गरिरहेको निर्माण तथा वितरकले बताएको छ । निरन्तर चलचित्र घाटामा गइरहेका बेला ‘ए मेरो हजुर—३’ले इनिसियल ब्यापार राम्रो गरेको हो । 

अपेक्षा गरिएको चलचित्र नै बक्स अफिसमा असफल भइरहेका बेला वर्षको अन्तिममा रिलिज भएको ‘ए मेरो हजुर—३’ले इनिसियल ब्यापार राम्रो गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हिजो (शुक्रबार) र आज (शनिबार) देशभर करिब करिब हाउसफुल भएको छ । अपेक्षा गरेअनुसार नै ब्यापार भइरहेको छ,” वितरक मनोज राठीले बाह्रखरीसँग भने, “भोली नयाँ वर्षको विदा भएकाले भोली पनि हाउसफुल हुने पक्कापक्की छ । अहिले देशभर औषतमा ९० प्रतिशत अकुपेन्सी छ ।”

झरना थापाले निर्देशन गरेको चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । म्युजिकल लभ स्टोरी ‘ए मेरो हजुर—३’ झरना थापाको दोस्रो निर्देशन हो भने सुहाना थापाको पहिलो चलचित्र हो । 
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १९:२८
प्रतिक्रिया दिनुहोस्