site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । 

सार्वजनिक ट्रेलरले पछिल्लो समय जसरी हुन्छ अमेरिका जाने आम प्रवृत्तिप्रति लक्षित गरेर चलचित्र निर्माण भएको संकेत गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महसञ्चारको ब्यानरमा बनेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् । 

हरिवंश आचार्यले कथा लेखेका हुन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । ब्यानर एउटै भए पनि ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए । 

चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ । 

चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १५:१६
प्रतिक्रिया दिनुहोस्