site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु वर्षमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७६÷७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ ।

विभागको प्रक्षेपण विश्व बैंकले गरेकोभन्दा कम हो । विश्व बैंकले चालु आवमा २.८ प्रतिशतसम्म नेपालको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको असर न्यूनीकरण गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभाव अर्थतन्त्रमा पर्ने देखिएको विभागले जनाएको छ । 

Dabur Nepal

कोरोनाको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आवको अनुमान तयार गर्दा होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आवको अन्त्यसम्म अत्याधिक प्रभावित रहेन तथा अन्य क्षेत्र जेठबाट क्रमशः नियमित हुने विश्वास गरिएको छ । यसैअनुरूप अनुमान तयार गरिएको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षमा प्रमुख आर्थिक सूचकहरुको अवस्था :

  • स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन बृद्धिदर आधारभूत मूल्यमा २.२७ प्रतिशत,
  • चालु मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब
  • चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्या १७ खर्ब ४३ अर्ब
  • चालु मूल्यअनुसार कुल जीडीपी आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब
  • चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब
  • चालु मूल्यअनुसार कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब
  • चालु मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८१.१० प्रतिशत)
  • चालु मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात १२ खर्ब ७ अर्ब ऋणात्मक
  • विप्रेषण ७ खर्ब १६ अर्ब (कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत)
  • प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख २६ हजार १८ रुपैयाँ अर्थात १ हजार ८५ यूएस डलर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro