देश

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट लागुऔषध सेवन तथा बिक्रीमा संलग्न ४ जना पक्राउ परेका छन् । महानगरिय प्रहरी वृत गौशालाको टोलीले लागुऔषध सेवन तथा बिक्री गरिरहेको सूचनाको आधारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली घर भई हाल चाबहिल बस्दै आएका कर्ण प्रसाद चौलागाई, रुकुम घर भई किर्तीपुर बस्दै आएका सुनिल थापा, बिशाल तामाङ र भारत दार्जलिङ घर भई हाल पशुपति क्षेत्रमा बस्दै आएका लाक्पा शेर्पा रहेका छन् ।
उनीहरुलाई आवश्यक अनुसन्धानपछि मुद्दा प्रक्रिया अगाडि बढाइएको महानगरिय प्रहरी वृत गौशालाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५ १०:५८
प्रतिक्रिया दिनुहोस्