site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीमा कांग्रेसको 'छिनाझपट' : इन्द्र बानियाँको पक्षमा २१ मत पुगेको दाबी
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । कांग्रेसका चार मन्त्रीले राजीनामा बुझाएर संसदीय दलको नेता हटाउने अभ्यास थालेका छन् । 

हाल हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरू भेला भएका छन् । ०७९ सालको निर्वाचनपछि पुस १३ मा बहादुरसिंह लामासँग पराजित भएका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् । 

उनको पक्षमा २१ मत पुगेको सचिवालयले जनाएको छ । वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद छन् । ०७९ पुस १३ मा बानियाँका पक्षमा १८ र लामाका पक्षमा २१ मत थियो । 

हाल उक्त मतलाई उल्टाएको बानियाँ पक्षको दाबी छ । संसदीय दलको नेताबाट हटाएसँगै मुख्यमन्त्रीबाट पनि हटाउने बानियाँ पक्षको तयारी छ । लामा पक्षले भने जनजातिमाथि भएको षडयन्त्र सफल हुन नदिने भन्दै बानियाँ दोस्रोपटक संसदीय दलमा पराजित हुने दाबी गरेको छ । बानियाँ पक्षले २१ जनाको हस्ताक्षर भइसकेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्