काठमाडौं । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मे महिनामा बाल यौन दुराचारी जेफ्री एप्स्टिन सम्बन्धी कागजातहरूमा सयौँ अन्य व्यक्तिहरूसँगै टम्पको नाम पनि उल्लेख भएको भन्ने समाचारको खण्डन गरेको छ ।
अमेरिकाको द वाल स्ट्रीट जर्नल पत्रिकाले राष्ट्रपति ट्रम्पलाई यो तथ्य महान्यायाधीवक्ता पाम बन्डीले नियमित ब्रिफिङका क्रममा जानकारी दिएको उल्लेख गरेको छ ।
तर, यसले कागजातहरूमा ट्रम्पको नाम देखिनुमा उनको कुनै गल्ती नभएको स्पष्ट पारेको छ । जवाफमा, ह्वाइट हाउसका प्रवक्ताले यसलाई नक्कली समाचार कहानी भनेका छन् ।
एप्स्टिनको सन् २०१९ मा न्युयोर्कस्थित जेलमा मृत्यु भएको थियो ।
त्यसअघि उनलाई नाबालिगहरूमाथि वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा दोषी ठहर गरिएको थियो । एप्स्टिन अमेरिका तथा विदेशीहरूका लागि नाबालिग बालिकाहरूलाई वेश्यावृत्तिका लागि आपूर्ति गर्ने गरेकोमा दोषी ठहर भएका थिए । ट्रम्पको नाम पनि त्यो ग्राहक सूचीमा हुनसक्ने अड्कल गरिएको थियो ।
ट्रम्प प्रशासन एप्स्टिन सम्बन्धी थप जानकारी सार्वजनिक गर्न बढ्दो दबाबको सामना गरिरहेको छ । एप्स्टिनसँग ट्रम्पको सम्बन्ध सन् २००४ मा बिग्रनुअघि सम्म मित्रवत् रहेको बताइएको छ ।
गत वर्ष राष्ट्रपति पदका लागि चुनावी प्रचारको क्रममा ट्रम्पले यस्ता फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए । बीबीसी