site stats
बाह्रखरी :: Baahrakhari
खेल
डियाजका निम्ति आएको प्रस्ताव लिभरपुलबाट अस्वीकार

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले फरवार्ड लुइस डियाजका निम्ति आएको प्रस्ताव अस्वीकार गरेको छ । डियाजका निम्ति जर्मन क्लब बायर्न म्युनिखले करिब ५९ मिलियन युरोको प्रस्ताव गरेको थियो । तर, इंग्लिस क्लबले बायर्नको उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

लिभरपुल र डियाजबीच सन् २०२७ सम्मको सम्झौता छ । उनलाई आर्ने स्लटले टोलीका महत्त्वपूर्ण सदस्य मान्दै आएका छन् ।

गत सिजन उनले क्लब र देशबाट कुल २२ गोल गरेका थिए । तीमध्येका १३ गोल उनले प्रिमियर लिगमा गरेका थिए ।

डियाजले गत वर्ष प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीबाट पनि प्रस्ताव पाएका थिए । उनलाई साउदी प्रो लिगका क्लबहरूले पनि भित्र्याउन चासो देखाइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्