अर्थ व्यवसाय

काठमाडौं । वित्त कम्पनीहरूले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यो घोषणा गरेको हो ।
“यस बैंकबाट इजाजतपत्र प्राप्त 'ख' वर्गका विकास बैंक र 'ग' वर्गका वित्त कम्पनीहरूमा विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत विभिन्न नियामकीय मापदण्डहरू कार्यान्वयनमा रहेको सन्दर्भमा 'ग' वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइनेछ,” मौद्रिक नीतिको ९२औँ बुँदामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १४:२३
प्रतिक्रिया दिनुहोस्