देश

चितवन । चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । बसमा ३९ जना सवार थिए ।
घाइतेमध्ये चारजनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ ०८:१४
प्रतिक्रिया दिनुहोस्