site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेरी नदीमा बेपत्ता भएका पोख्रेल मृत भेटिए, ५० फिट गहिराइबाट निकालियो शव

काठमाडौं । सुर्खेतको सिम्ता गाउँपालिका–४, स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्ति मृत भेटिएका छन् । बुधबार डुबेर बेपत्ता भएका ५८ वर्षीय गोविन्द पोख्रेल मृत अवस्थामा भेटिएका हुन् ।

बिहीबार उनको शवलाई सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, महेश्वरी  बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो पोख्रेलको शव निकालेको हो ।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजिकार्यका लागि टोली परिचालन गरिएको थियो ।

सिम्ता गाउँपालिकाकै पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro