site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका–४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का हरि शर्मा घाइते भएका छन् ।

मृतकको शव शल्यपरीक्षणका लागि मदन भण्डारी ट्रमा सेन्टर, मंगलबारे लगिएको छ । प्रहरीले बसका चालक झापा कनकाई नगरपालिकाका सुमन चौधरीलाई नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro