site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जनाएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा यही वैशाख ११ गतेबाट सञ्चालन हुनेछ ।

“कक्षा १२ को परीक्षाको सम्बन्धमा नयाँ निर्णय भएको छैन । पूर्वतालिकाअनुसार नै हुन्छ,” राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले बाह्रखरीसँग भने, “नयाँ निर्णय भयो र परीक्षा सरेको खण्डमा हामी हाम्रो आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गर्छौँ ।”

सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनका क्रममा काठमाडौं छन् । त्यही कारण कक्षा १२ को परीक्षाका विषयमा अनेक अड्कलबाजी हुँदै आएका छन् ।

परीक्षा स्थगन गरिएको भन्ने भ्रम फैलाएपछि यही वैशाख ५ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जनाएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro