site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबाट निकालिएका कर्ण मल्ल अन्ततः राजावादी मोर्चामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । 

नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । 

“म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले मलाई देउवाले पार्टीबाट निकालेका हुन्,” बुधबार जगमान गुरुङ नेतृत्वको राजावादी अभियानको बैठकबाट बाहिरिएपछि उनले भने, “अहिले हामी फेलियर स्टेट (असफल राष्ट्र)मा छौँ । यहाँ न्यायपालिकाकाले काम गर्न सकेको छैन, सरकार सरकारजस्तो छैन । राज्यका कुनै पनि अंंगले काम गर्न सकेका छैनन् ।” 

उनले देश जोगिए राजावादी वा लोकतन्त्रवादी हुन पाइने भन्दै आफू देश जोगाउने अभियानमा लागेको दाबी गरे । देश कसरी र कोबाट असुरक्षित छ ? भन्ने प्रश्नमा उनले त्यस्तो जोखिम तपाईंले देख्नुभएको छैन ? भन्दै कुरा टुंग्याए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro