site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री खड्का भन्छन् : उहाँले टेर्दै टेर्नुभएन, चिन्दै चिन्नुभएन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले परीक्षामा सामेल नै नहुने विद्यार्थीले कति नम्बर पाउँछन् भनी प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिइएकोबारे प्रस्टीकरण दिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

खड्काले कुलमानलाई ०७८ साउन २७ मा नियुक्ति गर्दा नै कार्यसम्पादनका आधारमा पुरस्कृत कि निष्कासन हुने भन्ने तोकिएको बताए । “नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको रहेछ,” उनले भने ।
 
उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको सुनाए । उनले भदौमा कार्यसम्पादनका लागि अनुरोध नगरेकाले मूल्यांकन नभएको उनको भनाइ छ । त्यसपछि असोजमा लिखित स्मरण गराइएको उनले सुनाए ।
 
“एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९.७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो,” मन्त्री खड्काले भने । उनले विद्यार्थी जाँचमै उपस्थित नभए कति नम्बर पाउने भन्दै प्रश्न पनि गरे । 

खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताए । नभए सांसदहरूले 'उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू' भनी कटाक्ष गरे ।
 
“कि मलाई भनिदिनुपर् यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्‍यो,” उनले भने ।
 
अहिलेको व्यवस्थामा कानुनको पालना गर्ने सबैको दायित्व भएको उनको भनाइ छ । श्री ५ र श्री ३ को सरकार मात्रै कानुनभन्दा माथि रहेको उनले बताए ।
 
“उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन,” मन्त्री खड्का भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro