site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगम भन्छ– मर्मतपछि नियमित उडान हुन्छ, यात्रुलाई कुनै समस्या पर्दैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण जनाउँदै आधिकारिक जानकारी सार्वजनिक गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानहरू विमान निर्माता कम्पनी तथा नियमनकारी निकायको मापदण्डअनुसार मर्मतसम्भार गरिरहेकाले यात्रुहरूलाई कुनै समस्या नपर्ने जनाएको छ ।  

निगमको वाइडबडी विमानमध्ये ९एन–एएलजेड नियमित रूपमा उडान गरिरहेको जनाएको छ । यस्तै, वाइडबडी ९एन–एएलवाईले बेलुकादेखि काठमाडौं–दिल्ली उडान गर्ने जनाएको छ । निगमको न्यारोबडी ९एन–एकेडब्ल्यू चीनको शेन्याङ सीचेक प्रक्रिया पूरा भएको र आवश्यक कस्टम क्लियरेन्समा ढिला हुन गएको जनाएको छ । उक्त विमान शनिबार नेपाल आउने निगमको भनाइ छ ।

अर्को न्यारोबडी ९एन–एकेएक्स विमानको नोज ल्यान्डिङ गियर मर्मत गरी शनिबार नै नेपाल आउने निगमको भनाइ छ ।

निगमको आन्तरिक उडानमा प्रयोग हुने ९एन–एबीयू ट्विनअटर विमानको इन्जिन प्रतिस्थापन ४ मार्चसम्म सकेर नियमित उडानमा आउने र अर्को ट्विनअटर विमान ९एन–एबीटीको पनि इन्जिन प्रतिस्थापनपछि नियमित उडानमा आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro