site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बादल’ न्यूनतम नैतिक धरातलबाट गिरे : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापा ‘बादल’को अभिव्यक्ति स्वाभाविक नभएको बताएका छन् । 

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्री रामबहादुर थापा ‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वाभाविक नभएको बताएका हुन् । 

उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे । उनले एमाले–कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरेको उल्लेख गरे ।

हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए । 

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro