site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।  

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपिट र दुर्व्यवहारबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।

उनका अनुसार पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुर्व्यवहारमा परेका विद्यार्थीलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्यभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरू तथा व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ उत्तरदायी बनाउन माग गरिएको छ ।

आयोगले यही फागुन ७ गते राष्ट्रिय मानवअधिकार आयोग भारतलाई पत्राचार गरेको जनाएको छ । साथै प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्ययमबाट घटना र विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिइरहेको जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro