site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भ्रष्टाचारविरुद्ध होइन, आफ्नालाई चोख्याउने अभियान चलाए : ओली
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री हुँदा भ्रष्टाचार र सुशासनका पक्षमा कुनै अभियान नचलाएको बताएका छन् ।

आइतबार केन्द्रीय कमिट‍ी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले प्रधानमन्त्री हुँदा प्रचण्डले ‘आफ्ना चोख्याउने अभियान’ चलाएको आरोप लगाएका छन् ।

“पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन । बरु ‘आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो,” ओलीले प्रतिवेदनमा भनेका छन्, “चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् ।”

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्