site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती कर्मचारीको राजनीतिक आस्था निषेध गर्न पाइँदैन : ठाकुर गैरे 
फाइल तस्बिर ।

काठमाडौं । एमाले सांसद ठाकुर गैरेले निजामती विधेयकमाथि राज्यव्यवस्था समितिमा संंशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) समितिका सभापति समेत रहेका गैरेले निजामतीमा दण्ड सजाय र पुरस्कारका बारेमा स्पष्ट गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । 

‘‘राम्रो काम गर्ने पनि ‘भिक्टिम’ हुने गरेका छन् । माथि सोध्नुपर्छ, भोलि आउनुस्, कागज मिलेन भन्नेको अन्त्य गर्ने व्यवस्था गर्नुपर्छ,’’ उनले भने, ‘‘कामका लागि घुस माग्नेलाई ठाउँको ठाउँ दण्डित गर्ने व्यवस्था गर्नुपर्छ ।’’

Argakhachi Cement Island Ad

सरुवाको अवधि तोक्नुपर्ने र कामका लागि कसैले पनि रिस्क नलिने प्रवृत्ति भएकाले त्यसको अन्त्य हुनुपर्ने उनको प्रस्ताव छ । 
 
ट्रेड युनिनमाथि निषेध गर्ने खालका कुरा आएको उल्लेख गर्दै गैरेले भने,‘‘एउटा ट्रेड युनियन हुनुपर्छ । तर, राजनीतिक आस्था निषेध गर्न पाइँदैन । मान्छेको आस्थालाई रोक्न हुँदैन । एउटा ट्रेड युनियनमा नै आस्था राख्न पाउनुपर्छ ।’'
 
सेवा अवकाशपछि राजनीति नियुक्तिका लागि दुई वर्ष ‘कुलिङ पिरियड’ हुनुपर्ने उनको प्रस्ताव छ । राजदूतलगायत पदप्रति संकेत गर्दै उनले बाहिर पठाउँदा देशप्रति समर्पित हुने सर्तसहित मात्रै २ वर्षपछि पठाउनुपर्ने उनले बताए । 

६० वर्षको उमेरहदलाई ६२ वर्षको बनाउनुपर्ने उनको प्रस्ताव छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्