site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले ०८४ अघि नै सरकारको नेतृत्व लिन सक्छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिन सक्ने बताएका छन् । आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष लिङ्देनले राप्रपाले सकेसम्म ०८४ अगाडि नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

उनले कांग्रेस–एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिक खुसी नरहेकाले अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जान सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

"अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । पर्‍यो भने बीचमै, भएन भने पनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो, गर्ने हो," उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको पनि बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्