site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यस्तो छ डोनाल्ड ट्रम्पको विवादास्पद विगत

काठमाडौं । डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपति पद जितेर इतिहास रचेका छन् । राष्ट्रपतिको एउटा चुनाव हारेर फेरि चुनावी मैदानमा उत्रिएर जित्ने उनी अमेरिकाको पहिलो राष्ट्रपति हुन् । सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा पहिलो कार्यकाल बिताएका ट्रम्प दोस्रो  कार्यकालका लागि ह्वाइट हाउस छिर्दै छन् ।

‘मेक अमेरिका ग्रेट अगेन’को नारा लिएर गैरकानुनी आप्रवासीमाथि धावा बोल्ने ट्रम्पका पुर्खा पनि अमेरिकाका आप्रवासी हुन् । उनका बाजे जर्मनबाट आएका थिए भने उनकी आमा स्कटल्यान्डमा जन्मिएकी थिइन् ।

समृद्ध परिवारमा जन्मिएका ट्रम्प १३ वर्षको उमेरमा सन् १९५९ मा न्युयोर्कको सैन्य विद्यालयमा भर्ना भएका थिए । शैक्षिक र शारीरिक कारणले ट्रम्प भियतनाम युद्धमा जान पाएनन् । ट्रम्पका अनुसार उनले सैन्य विद्यालयमा नेतृत्व विकासको सिप सिके ।

Dabur Nepal
NIC Asia

पेन्सीलभेनियाबाट अर्थशास्त्रमा स्नातक गरेपछि ट्रम्पले आफ्ना बुबाको व्यवसाय सम्हाले । राजनीतिमा आउनु अगाडि ट्रम्प व्यवसाय र टेलिभिजन कार्यक्रममा व्यस्त थिए ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिभन्दा बढ्ता आफ्ना विवादले विश्वमाझ परिचित छन् । सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपति रहेका उनी पदमै रहँदा विवादमा परे । सन् २०१९ मा उनीमाथि शक्तिको दुरुपयोग गरेको, अमेरिकी संसद्को गतिविधिमा अवरोध पुर्‍याएको आरोप लाग्यो । यही आरोपमा उनीमाथि अमेरिकाको तल्लो सदनमा दुई पटक महाअभियोग प्रस्ताव पुग्यो । अमेरिकी इतिहासमै दुई पटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

राष्ट्रपति पदमै रहँदै उत्तर कोरिया भ्रमण गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । उनी सन् २०१९ को जुन महिनामा उत्तर कोरिया पुगेका थिए । 

उनको पहिलो कार्यकालको अन्त हुँदा कोभिड–१९ को महामारी चलिरहेको थियो । महामारीको समयमा उनले ‘मास्क’ नलगाउने घोषणा गरे । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ रोक्न नसकेको र चीनलाई सहयोग गरेको भन्दै उनले संगठनलाई दिने रकम कटौती गर्ने धम्की दिए ।

सन् २०२० को चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग चुनाव हारेपछि राष्ट्रपति पदबाट बहिरिँदै गर्दा उनका समर्थकले अमेरिकी संसद्‌माथि हमला गरे । ६ जनवरी २०२१ मा भएको यो हमला ट्रम्पले नै गराएको भनेर उनीविरुद्ध मुद्दा दायर भयो । अमेरिकी संसद्‌माथिको हमलालाई विश्व समुदायले लोकतन्त्रमाथिको हमलाका रूपमा अर्थ्यायो । हार स्वीकार गर्न नसकेर उनले चुनावमा धाँधली भएको आरोप लगाए ।

आपराधिक अभियोग लाग्ने उनी पहिलो राष्ट्रपति हुन् । सन् २०२० को चुनावमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनका गोप्य जानकारी खोज्न युक्रेन र अमेरिकी सेनालाई  भनेको आरोप लाग्यो ।

१४ जुन १९४६ मा जन्मिएका ट्रम्पमाथि एक महिला ‘पोर्न स्टार’को मुख बन्द गर्न पैसा दिएको आरोप समेत लाग्यो । यो मामिलामा उनलाई ३० मे २०२४ मा अदालतले दोषी ठहर गर्‍यो । आपराधिक गतिविधिको अभियोगमा अदालतमा उभिने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् ।

ट्रम्पले तीन विवाह गरेका छन् । उनकी पहिलो श्रीमतीबाट तीन सन्तान छन् । हाल ट्रम्प श्रीमती मेलानिया ट्रम्पसँग छन् ।

रियल स्टेट, होटेल, क्यासिनो, गल्फ कोर्स, रिसोर्ट लगायतका दर्जनौँ कारोबारका मालिक हुन् ट्रम्प । आफ्नो अघिल्लो कार्यकालमा उनले राष्ट्रपतिले पाउने तलब दान गरे ।

ट्रम्प किताब लेखक पनि हुन् । उनले दुई दर्जन जति किताब लेखेका छन् । उनको पहिलो किताब हो, ‘द आर्ट अफ डिल’ । ट्रम्पको यो किताबलाई ‘बिजनेश क्लासिक’ भन्ने गरिनछ ।

उनले सन् २०२० को चुनावमा हस्तक्षेप गरेको मुद्दा खेप्नुपर्‍यो । २०२० को चुनावमा हार व्यहोरे ट्रम्पले । तर, तेस्रोपटक उनी विजयी भए । दोस्रो चुनाव हारेर तेस्रोपटकको बेला ह्वाइट हाउस छिर्ने उनी पहिलो राष्ट्रपति हुन् ।

बीबीसीका अनुसार अमेरिकाको सर्वोच्च अदालतलाई थप ‘कन्जरभेटिभ’ हुने बाटो पनि ट्रम्पले नै तयार गरेका हुन् । अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूको गर्भपतनको अधिकार खोसेको छ ।

डोनाल्ड ट्रम्प जलवायु परिवर्तनको विषय नै सुन्न चाहँदैनन् । आफ्नो पहिलो कार्यकालमा जलवायु परिवर्तन नै नहुने दाबी गरेका थिए । कार्बन उत्सर्जन न्यूनीकरण गर्ने प्रयासमा संसारभर लोकप्रिय हुँदै गइरहेका विद्युतीय सवारीसाधनको पनि उनी मजाक उडाउँछन् । समाचार संस्था पोलिटिकोका अनुसार ट्रम्पको विजयसँगै प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनको मुद्दा थान्को लाग्ने चिन्ता बढ्न थालेको छ । जलवायु परिवर्तनको विषय उठाउने अभियन्ता, वातावरणविद्हरूलाई ‘विनाशको त्रास फैलाउने समूह’ भन्ने गर्छन् ।

सामाजिक सञ्जालमा पनि ट्रम्प चर्चित छन् । अहिलेको एक्स (पुरानो टुईटर)ले टुईटरको नियम मिचेको भन्दै उनको एकाउन्ट नै सस्पेन्ड गरेको थियो । अर्बपती एलन मस्कले टुइटर खरिद गरेर एक्स बनाएपछि मस्कले उनको अकाउन्ट फिर्ता गरे । फेसबुकले पनि उनको एउटा विज्ञापन हटाएको थियो । 

ट्रम्पको शैलीलाई लिएर ‘ट्रम्पीजम’ भन्ने शब्दावली समेत बनेको छ । ‘दक्षिणपन्थी–लोकप्रियतावादी, संकिर्ण राष्ट्रवादी’ धारणा बोक्नेलाई अथ्र्याउन ‘ट्रम्पीजम’ शब्द प्रयोग गरिन्छ ।

धेरैले उनको पहिलो राष्ट्रपतीय कार्यकाल अस्तव्यस्त भयो भने पनि उनको कार्यकालमा अमेरिका कुनै पनि युद्धमा संलग्न नभएकोमा खुसी मनाउ गर्छन् । यसका साथै उनको कार्यकालमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भयो । उनको कार्यकालमा अमेरिका सामेल हुनुपर्नेगरी संसारमा कतै पनि ठूलो युद्ध नहुनुलाई उनको सकाराकत्मक पक्ष मानिन्छ ।

ट्रम्प कतिखेर के गर्छन् कसैलाई थाहा हुन्न । उनी यसैलाई आफ्नो शक्ति मान्छन् । सन् २०२१ मा ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा ट्रम्पले आफू कुनै न कुनै रूपमा ह्वाइट हाउस फर्किने वाचा गरेका थिए । यो चुनाव जितेर उनले वाचा पूरा गरिछाडे ।एजेन्सीहरूको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro