site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि पक्राउविरुद्ध रास्वपाको आन्दोलन : कानुनलाई सहयोग गर्ने नयाँ तरिका ! 
SkywellSkywell

काठमाडौं । ‘म कुनै पनि न्यायिक जाँच दिन अदालती प्रक्रियाको सम्मान गर्न चाहन्छु । न्यायिक प्रक्रियामा सघाउने प्रतिबद्धता जनाउन चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्छु, विश्वास राख्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाट प्रहरी भ्यान चढ्नुअघिका बोली हुन् ।

त्यही समयमा रविले सन्दर्भहरु जोड्दै अन्य अभिव्यक्ति पनि दिएका थिए । ‘नेपाली जनताको आशा र भरोसामाथि जुन प्रहार भएको छ यसविरुद्ध खुलेर लड्न आह्वान गर्दछु । राज्यले गरेको दादागिरीलाई डटेर सामना गर्न अपिल गर्दछु ।’

KFC Island Ad
NIC Asia

धेरैलाई लागेको थियो, अदालती प्रक्रियामा रहँदा रास्वपा नेता/कार्यकर्ता संयमित रहनेछन् । किनभने तिनले स्थापित दलका नेता/कार्यकर्ता आफ्ना नेतामाथि आरोप/अभियोग लाग्दा घेराउ वा नाराबाजी उत्रन्थे ।  रास्वपा नेता/कार्यकर्ताले तिनका प्रयोग शब्दावली थियो, ‘झोले’ । सामाजिक सन्जाल ‘झोले’ जस्ता अपमानित शब्दले रंग्याएको पृष्ठभूमि आलै छ ।

रास्वपा कार्यकर्ता तिनै पुराना दलका कार्यकर्ताभन्दा अझ ‘संस्कारहीन’ शैलीमा अघि बढेका हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा विरोधमा भ्रातृ संगठन तरुण दलका केही नेता कार्यकर्ता सडकमा निस्किए । त्यस्तो क्रियाकलापप्रति कांग्रेसभित्रैबाट विरोध भयो ।

संसदमा कांग्रेसका नेताहरुले कारबाहीमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्न महामन्त्रीहरुले सभापति शेरबहादुर देउवामा दबाब पारेका थिए । कांग्रेसमा खाँडलाई जोगाउनुपर्छ र उनी ‘केही करोड भ्रष्टाचारका लागि पञ्चायतसँग लडेर आएका थिएनन्’ भन्ने नेताहरु पनि नभएका होइनन् । 

उनीपछि कांग्रेस नेताहरु पूर्वसञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीको नाम पनि सेक्युरिटी प्रिन्टिङ प्रेस घोटलामा नाम जोडिएको थियो । 

त्यसबेला मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री वहाल थिए । उनको निलम्बन माग्दै संसदमा आवाज उठाउनेमध्ये पनि कांग्रेसकै सांसदहरु थिए । भलै अख्तियारले उनीहरु दुवैविरुद्ध मुद्दा चलाएन । त्यसमा के/के कुराले काम गर्‍यो भन्ने कुरा अर्को अनुसन्धानले मात्र पुष्टि गर्न सक्छ । 

यसअघि राप्रपाकी सांसद गिता बस्नेतविरुद्ध पनि रविलाई जस्तै पक्राउ पूर्जी जारी भएको थियो । आफू सदस्य नै नभएको छिपछिपे सहकारीबाट करोडौं ऋण लिएर अपचलन गरेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । 

राप्रपाले केन्द्रीय समितिबाटै उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आग्रह गरेको थियो । भने फरार रहेकी सांसद बस्नेतलाई पनि प्रहरीसमक्ष गएर अनुसन्धानको प्रक्रियामा सघाउन आग्रह गरेको थियो । भलै उनी अझै फरार छिन् ।  

तर, सहकारीका बचतकर्ताको रकम अपचलन आरोपमा रवि पक्राउ परेपछि सिंगो रास्वपा आन्दोलनमा छ ।  

अदालतमाथि आफ्नो आस्था र विश्वास देखाएर पक्राउ परेका लामिछानेले पहिलो पटक म्याद थपका लागि कास्की जिल्ला अदालतको इजलास पुग्नुअघि नै ओली सरकार नढल्दासम्म सडकमै रहन कार्यकर्तालाई आह्वान गरेका छन् । 

केही समय अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा पनि त्यसको समर्थन र विरोधमा जनमत विभाजित भएको थियो । त्यसबेला रास्वपा र समर्थकहरुको प्रश्न थियो, ‘अदालतको आदेशमा पक्राउ पर्दा विरोध किन ? कानुन अनुसार अदालतले काम गर्छ, उसलाई अवरोध गर्ने प्रयास नहोस् ।’

अरुका हकमा एउटा आफ्ना नेताका हकमा अर्कै बोली ? सडकमा नाराबाजी उत्रिएको रास्वपा नेता/कार्यकर्तामाथि प्रश्न उब्जिएको छ । रास्वपाका कार्यकर्ताले अरुलाई ‘झोले’ लेखेको शब्द मेटिएका छैनन् । त्यसो भए मुलुकमा नयाँ ‘झोले’ जन्मिएका हुन् ? यो प्रश्न रास्वपा नेतृत्वतिर सोझिएको छ । 

पोखरा जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले प्रहरीलाई पक्राउ अनुमति दिएपछि उनलाई काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले पक्राउ गरेर पोखरा पठाएको हो । 

रविसँगै गोरखा मिडियामामा संचालक भएर राजीनमा दिएका पूर्व डिआइजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । उनलाई अदालतले त्यही कसुरमा म्याद थपिदिएका कारण थुनामै रहेकै छन् । रवि पक्राउ परेका दिन उनलाई अदालतले थप २० दिनको म्याद थप गरिदिएको छ ।
 
रविको पार्टी रास्वपा स्वयंले अदालतबाट पक्राउ पूर्जी जारी भए दलले सहयोग गर्ने भनेको थियो । तर, रवि पक्राउ परिसकेपछि भने रास्वपाका गतिविधि पूर्वघोषणाविपरीत छन् । 

रास्वपामा ‘ओजनदार’ व्यक्तित्व उपसभापति डा. स्वर्णिम वाग्लेको छ । राष्ट्रसंघीय निकायमा महत्वपूर्ण पद सम्हालिसकेका विद्यावारिधी वाग्ले पनि अदालततलाई म्याद थपमै अवरोध पुग्नेगरी निषेधाज्ञा तोड्दै सडकमा छन् । सिंगो पार्टीले रवि पक्राऊविरुद्ध ७७ जिल्लामै ज्ञापनपत्र बुझाउन सर्कुलर जारी गरेको छ । यस्तै हरेक जिल्लाबाट १०० जना पोखरा आउन आन्तरिक सर्कुलर समेत जारी समाचार आइरहेका छन् । 

रास्वपाले देशभरबाट पोखरामा विरोध केन्द्रित गर्ने भएपछि आइतबार कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा तोड्दै आइतबार पनि रास्वपाले प्रदर्शन गर्‍यो । 
रास्वपा कार्यकताले अदालत परिसर नजिक आन्दोलन केन्द्रित गरेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरी आन्दोलन तितर–वितर भएको थियो । तर, त्यहाँबाट हटेपछि रास्वपाले रवि पक्राउविरुद्ध आन्दोलन जारी राख्यो । 

अदालतबाट पक्राउ अनुमति हुनासाथ रविले फेसबुकमा लेखेको थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । रास्वपाका आन्दोलनकर्ताले त्यही आसयसहित सेतो कपडाले टाउको बाँधेका थिए ।’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro