site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एलन मस्कले तीन महिनामा ट्रम्पको चुनावी अभियानलाई कति रकम दिए ?

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर (१० अर्ब रुपैयाँभन्दा बढी) दिएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सघाउने उद्देश्यले उनले उक्त रकम दिएका हुन् । 

Dabur Nepal
NIC Asia

अमेरिकी सरकारी अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो । सरकारी अनुसन्धानअनुसार एलन मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन अमेरिकी डलर दिएको पाइएको हो ।

गत जुलाईमा ट्रम्पको ज्यान लिने उद्देश्यले आक्रमण भएपछि एलन मस्कले ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । त्यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गर्दै आएका थिए ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उमेदवार छिन् ।

रिपब्लिकन पार्टीले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उमेदवार घोषणा गरेको छ । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro