site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् प्रभावित पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेका छन् । शनिबार मन्त्रालयमा उनले स्थानीय तहले विपद् प्रभावितको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका निम्ति रकम उपलब्ध गराइने बताएका हुन् ।

त्यसका निम्ति स्थानीय तहले चाँडै लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्नेमा उनले जोड दिए । उनले अविरल वर्षासँगै देशभर बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको उल्लेख गरे । सरकार गम्भीर भएर काममा लागेको उनले बताए ।

उनले विपद्बाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाइसकेको जानकारी गराए । चाँडै घरमै गएर पीडित परिवारलाई राहत रकम दिने निर्णय भएको उनले बताए ।

उनले घाइतेको स्वास्थ्यलाभका निम्ति अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको पनि जानकारी गराए । पूर्ण रूपले क्षति भएका घरका निम्ति तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने विषय अघि बढाइएको उनले बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro