site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । दसैँका लागि घर फर्किने यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडांंैंबाट पोखरा, दमैली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूले तोकिएको भन्दा प्रतिव्यक्ति एक हजारदेखि १५ सयसम्म भाढा बढी लिएको खुलेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

पक्राउ पर्नेमा ग १ ख ४४९९ नम्बरको हाइसका चालक डम्बरबहादुर आले मगरसहित अन्य पाँचवटा हाइसका चालक र सहचालक पक्राउ परेका छन् ।

पहिरोको कारण देखाउँदै कालोबजारी गर्ने तथा यात्रुबाट तोकिएको भन्दाबढी भाडा लिने सवारी साधनलाई निगरानीमा राखेर पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro