site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वदलीय बैठकमा माओवादीले भन्यो– पूर्वतयारी र उद्धारमा सरकार सुस्त बन्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी) केन्द्रले बिहीबार रातिबाट परेको वर्षाले निम्त्याएको विपत्तिमा सरकारले तदारुकता देखाउन नसकेको टिप्पणी गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि माओवादीका उपमहासचिव शक्ति बस्नेतले जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना पुर्‍याए पनि पूर्वतयारी गर्न सरकार सुस्त बनेको बताए ।

“पूर्वतयारीका कामहरू तदारुकताका साथ गर्नमा हामीले कमी रहेको महसुस गर्‍यौँ । तत्काल पहलकदमी लिएर खोज, उद्धारका काममा सरकारले जति तदारुकता देखाउनुपर्थ्यो, त्यसमा सुस्तता देखियो,” बैठकमा राखेको पार्टीको धारणाबारे उनले भने । 

माओवादीले अन्तरसरकारी निकायलाई समन्वय गर्न आग्रह गरेको छ । खोज, उद्धारको कामलाई थप व्यवस्थित बनाउन माओवादीको सुझाव छ ।

बिहीबारदेखिको वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro