site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक 

काठमाडौं । औषधि व्यवस्था विभागले बाराको आर्या फार्माल्याबबाट उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ । उक्त कम्पनीको एप्mर्लोक्स सस्पेन्सन नामक अफ्लोक्सासिन नामक झोल औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । अफ्लोक्सासिन ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो ।
 
उक्त ब्याचका औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro