site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट : नौ जनाको मृत्यु, साढे २७ सय घाइते
SkywellSkywell

काठमाडौं । लेबनानमा हिजबुल्लाह सदस्यहरूको शृंखलाबद्ध पेजर (एक सञ्चार उपकरण) विस्फोटका क्रममा नौ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका पनि सामेल छन् ।

 अल्जजिराका अनुसार, विस्फोटबाट दुईहजार ७५० जना घाइते भएका छन् । जसमध्ये २०० को अवस्था गम्भीर छ ।

Dabur Nepal
NIC Asia

मिडिया रिपोर्टका अनुसार, पेजर ह्याक गरी ब्लास्ट गरिएको हो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।

तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय समयअनुसार, मंगलबार दिउँसो करिब ३ः३० बजे विस्फोट भएको हो ।

पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यसमा सानो स्क्रिन र सीमित किप्याडमात्र हुन्छ । यसको मद्दतले सन्देशहरू, अलर्टहरू वा कलहरू द्रुतरूपमा प्राप्त गर्न सकिन्छ ।

मोबाइल फोन अघि पेजरको प्रयोग प्रचलनमा थियो । पछि यसको प्रयोग क्रमशः घट्दै गयो । तर, लेबनानमा अझै पनि प्रयोग भइरहेको छ ।

लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानी राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् ।

मिडिया रिपोर्टअनुसार, शृंखलाबद्ध विस्फोटमा एकहजार भन्दा बढी हिजबुल्लाह सदस्यलाई निशाना बनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu