site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुखलाई हटाउन खोज्नु उचित होइन : सांसद बेलवासे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की राष्ट्रियसभा सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन खोज्नु उचित नभएको बताएकी छन् ।

उपसभामुख रानाले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले उक्त विषयलाई उचालेर जबरजस्ती कारबाही गर्न खोज्नु आफूहरूलाई मान्य नहुने उनले बताइन् ।

आइतबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद बेलवासेले उपसभामुख रानामगरबाट पत्राचारमा त्रुिट भए पनि त्यसानुसारको काम नभएको जिकिर गरिन् ।

“उपसभामुखले मैले केही त्रुटिवश गल्ती गर्न पुगेँ भनेर गल्ती स्वीकार गरिसक्नुभएको छ । मान्छेहरू गएका पनि होइनन्,” उनले भनिन्, “त्योभन्दा बाहेक अरू गल्ती गरेको छैन । त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जबरजस्ती फेरि उठाउनु उचित होइन ।”

सांसद बेलवासेले सत्तारूढ दलहरू उपसभामुख रानामगरमाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताइन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro