site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जीबी राई खोज्न प्रहरी मलेसिया पठायौँ, त्यहाँ पनि भेटिएनन् : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा फरार रहेका जीबी राई खोज्न नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पुगे पनि प्रगति नभएको बताएका छन् । उनले सहकारी छानबिन समितिमा शुक्रबार उपस्थित भएर यस्तो बताएका हुन् ।

समितिले फरार रहेका व्यक्तिहरुको सूची उपलब्ध गराएर गृह मन्त्रालयलाई खोजीदिन आग्रह गरेको थियो । त्यही विषयमा शुक्रबार गृह मन्त्री लेखकलाई बोलाएर सोधेको थियो ।

लेखकले फरारको सूचीमा रहेका जीबी राईको खोजीमा कुनै प्रगति हुन नसकेको बताएका थिए । समिति स्रोतका अनुसार लेखकले दुई जना प्रहरी मलेसिया पठाएको भए पनि प्रगति हुन नसकेको बताएका थिए ।

“दुईजना प्रहरी हामीले जीबी राई खोज्नका लागि मलेसिया पठायौँ तर त्यहाँ पनि फेला परेनन् । कुनै प्रगति हुन सकेन,” लेखकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro