site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी सात जिल्लामा आज बाढीको उच्च जोखिम
महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढेको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज र भोलि कर्णाली, पश्चिम सेती, महाकाली र बबई र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । भोलि ती नदीहरूको जलसतह सतर्कतादेखि खतरा तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

यस दिन बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको उच्च जोखिमको पूर्वानुमान गरिएको छ ।

दाङ, बाँके, सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बाजुरा, बझाङ भई बहने केही साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ ।

दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पश्चिम, जुम्ला, हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1726201466.jpg

b2-1726201466.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro