site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति सिग्देलले सात लक्ष्यसहितको मार्गनिर्देशन ल्याउने
SkywellSkywell

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरणको लागि सातवटा लक्ष्य समेटिएको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी गर्ने घोषणा गरेका छन् । प्रधानसेनापति भएको भोलिपल्ट मंगलबार सकलदर्जालाई सैनिक मुख्यालय जंगीअड्डाको सभाहलमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

“राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्य समावेश गरी ‘प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी हुनेछ,” प्रधानसेनापति सिग्देलले भने ।

सम्बोधनका क्रममा उनले सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य गर्न र सहि नियतले काम गर्न नडराउन आग्रह गरे । “तर, कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा र आपसी विश्वासमा कमी ल्याउने तथा संस्थाको तेजोवध गर्ने प्रकृतिका कार्यहरू गरेको पाइएमा क्षम्य हुनेछैन,” प्रधानसेनापति सिग्देलले भने ।

Dabur Nepal
NIC Asia

पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र भनेको ‘सैनिक अनुशासन र सैनिक मर्यादा’ रहेको उनले बताए । नेपालको संविधानद्वारा प्रदत जिम्मेवारीहरू– नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको उनले जनाए । “राष्ट्रमा आइपर्ने जटिल समस्याहरूको समाधान गर्न राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो,” उनले भने ।

नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोंच २०८७ लगायतलाई आधारमानी संगठनको सुदृढीकरण गर्दै लगिने उनले जनाए ।

राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरूको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको उनले औंल्याए ।

देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरूको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमानै सञ्चालनमा ल्याइने दाबी उनले गरे ।

विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्‍याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने पनि उनले सुनाए ।

नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरूको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने उनले बताए ।

“राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिनेछ,” प्रधानसेनापति सिग्देलले भने ।

ऐतिहासिक अनुभवलाई समेत आत्मसात गर्दै भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिको लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन समय सापेक्ष सुधार गरिने आश्वासन उनले दिए ।  

शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरूको व्यवस्थापनमा विशेष पहल गर्ने उनले बताए । नेपाली सेनाले राष्ट्रिय खेलकुद विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेकोमा खेलकुद विकासलाई प्राथमिकतामा राखिने योजना उनले सुनाए ।

नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बंकर टू ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादन लगायतका कार्यहरूलाई व्यवस्थित गर्दै लगिने उनले बताए । “काठमाडौं–तराई/मधेस द्रुतमार्गलगायत अन्य सडक करिडोरहरूको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमितता लगायतका क्रियाकलापहरू अस्वीकार्य हुनेछन्,” प्रधानसेनापति सिग्देलले भने ।

सम्बोधनका क्रममा प्रधानसेनापतिले नेपाली सेनाको कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउँदै लगिने बताए ।

कक्षा ४ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाको वहालवाला तथा अवकाशप्राप्त सकलदर्जाको एक सन्ततीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकममा पाँच हजार रुपैयाँ थप गरी वार्षिक २५ हजार रुपैयाँ कायम गर्ने उनले जनाए ।पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरूलाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक पाँच हजार रुपैयाँका दरले थप गरिने उनले बताए ।

“नेपालमा विपद्का कारण हुने धनजनको क्षतिलाई मध्यनजर गरी नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्दै लगिनेछ,” प्रधानसेनापति सिग्देलले भने ।

नेपाल सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरूलाई बहिरंग उपचारको वार्षिक सीमा पुनरवलोकन गरिने र विगत द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने पनि उनले बताए ।

“तहगत रूपमा तैनाथ कमान्डरहरूद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादा भित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ,” उनले भने ।

आगामी दिनमा राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न नेपाली सेना र सञ्चार माध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने उनले जनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu